राजनीति
उपत्यकामा पछिल्लो समय कोरोनाले उत्पात रुप लिन थालेको छ । उपत्यकामा २४ जना आइसियुमा, चारजना भेन्टिलेटरमा
पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्न थालेका छन्। संक्रमितहरु धमाधम आइसियु र भेन्टिलेटरमा जान थालेका छन्।
मन्त्रालयको पछिल्लो विवरण अनुसार हाल उपत्यकामा २४ जना संक्रमितको संक्रमणकै कारण गम्भिर भएर आइसियुमा पुगेका छन्। मन्त्रालयको विवरण अनुसार हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेका ४५ जना संक्रमित मध्ये १४ जनाको आइसियुमा उपचार भइरहेको छ।
बाँकी ३१ जना आइसोलेसनमा छन्। यस्तै बलम्बुस्थित कोभिडको उपचार गर्न छुट्याइएको सशस्त्रको अस्पतालमा हाल ११७ जना संक्रमित उपचाररत छन्। जसमा ११३ जना आइसोलेशनमा ३ जना आइसियुमा र एक जना भेन्टिलेटरमा उपचारत छन्।
त्रिवि शिक्षण अस्पतालमा हाल ८ जना संक्रमित छन् जसमा एक जना आइसियुमा र ८ जना आइसोलेसनमा छन्।
यस्तै पाटन अस्पतालमा हाल ६४ जना संक्रमित उपचारत छन् भने जसमा ५५ जना आइसोलेसनमा ६ जना आइसियुमा र ३ जना भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै कीर्तिपुर आयुर्वेद अस्पतालमा हाल २० जना संक्रमित आइसोलेसनमा छन् भने काठमाडौं मेडिकल कलेज अस्पताल दुवाकोटमा ६१ जना आइसोलेसनमा छन्। यस्तै धुलिखेल अस्पतालमा काठमाडौंका २ जना आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार हाल उपत्यकामा कोभिडको उपचारको लागि छुट्याइएको बेडहरु लगभग भरिएका छन्। मन्त्रालयका प्रवक्ता डा. समिर अधिकारीका अनुसार हाल उपत्यकामा धेरै पछिल्लो समय तराईबाट आएका धेरैमा संक्रमण देखिएको बताए। उनले भने, ‘हाल संक्रमित मध्ये धेरै भर्खरै तराईबाट आएका छन्।’
डा. अधिकारीका अनुसार हाल उपत्यकामा जम्मा ३१६ जना संक्रमित छन्। जसमा २८८ जनाको आइसोलेशनमा र बाँकीको आइसियु भेन्टिलेटरमा उपचार भइरहेको छ।