राजनीति
नेपालमा कोरोना भाइरसका आज ४ सय ६४ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको सख्या २२ हजार २ सय १४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म १५ हजार ८ सय १४ जना संक्रमणमुक्त भएका छन् । आज ४ सय २५ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।