राजनीति
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले जनाएअनुसार घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो ।
गत २४ घन्टामा कोरोनाभाइरसबाट थप ४ जनाको मृ’त्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको मृ’त्यु भएको जानकारी दिए ।
मृ’त्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् । योसँगै देशभर कोरोना संक्रमणबाट मृ’त्यु हुनेको कुल संख्या ८३ पुगेको छ ।
काठमाडाैं उपत्यकामा १ सय ३२ जनासहित देशभर मंगलबार ६ सय ३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले यसबारे जानकारी दिएका हुन्।
साथै मंगबार देशभरबाट १ सय ७१ जना संक्रमित डस्चार्ज भएका छन्। मंगलबार काठमाडाैंमै १ सय १४ जनामा काेराेना देखिएकाे छ। त्यसैगरी भक्तपुरमा ८ र ललिपुरमा १४ जनामा काेराेना पुष्टि भएकाे गाैतमले बताए।