logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

४८४ नयाँ संक्रमित थपिए, उपत्यकामा डरलाग्दो वृद्धि


  • राजनीति
  • बुधबार, साउन २८ २०७७

बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २९ जना, पाटन अस्पतालमा ११ जना, वीर अस्पतालमा २ जना, शिक्षण अस्पतालमा ११ जन र नेपाल प्रहरी अस्पतालमा गरिएमको परीक्षणमा २२ जनामा संक्रमण भेटिएको हो ।

यस्तै स्टार हस्पिटलमा ९ जना, ह्याम्स अस्पतालमा ८ जना, बिथ ल्याबमा ५ जना र वीरेन्द्र सैनिक अस्पतालमा गरिएको परीक्षणमा २ जनामा संक्रण पुष्टि भएको हो ।

यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका संक्रमित कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार