logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

उपत्यकामा १ सय ७२ थपिए, काठमाडाैंमै १ सय २६ जना


  • राजनीति
  • आइतबार, साउन ३२ २०७७

देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणका क्रममा पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा मात्र १ सय ७२ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसबारे बताएका हुन्। जसअनुसार भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ३८ जना संक्रमित भेटिएका छन्।

आइतबार १२ हजार २ सय ४७ जनाको पिसिआर गरिएको गौतमले बताए। थपिएका मध्ये महिला २ सय १८ जना छन्। साथै पछिल्लाे २४ घण्टामा काेराेनाबाट थप दुई जनाकाे निधन भएकाे गाैतमले बताए। यससँगै देशभर काेराेनाबाट मृ’त्यु हुनेकाे संख्या १ सय ४ पुगेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार