logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

खाध्यान्न र तरकारी पसल ९ : १५ बजेसम्म खुल्ने


  • पत्रपत्रिका
  • सोमबार, भाद्र ८ २०७७

A view of Kathmandu Valley from Kirtipur, on Monday, August 29, 2016. The valley has witnessed excessive population boom over the past few years. Photo: THT

अबदेखि काठमाडौँ, ललितपुर, भक्तपुरमा खाद्यन्न तथा तरकारी, फलफूल पसल बिहान ९ः१५ बजेसम्म खोल्न पाइने भएको छ । काठमाडौँसहित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

बिहान चाँडै पसल बन्द भएपछि सामान किन्न पाइएन भन्ने जनगुनासो आएपछि ९ः१५ बजेसम्म खोल्न दिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

खाद्यन्न, तरकारी, फलफूल, माछामासु पसल बिहान मात्र खोल्न पाइने छ । स्वास्थ्य सामग्री, औषधि, पानी बिक्री वितरण गर्ने पसल भने जुन बेला पनि खुल्न पाउने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

उपत्यकामा कोरोना सङ्क्रमण बढेसँगै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गतेबाट उपत्यकाका तीनवटै जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । सो क्रममा बिहान ७ः बजेसम्म मात्र पसल खोल्न दिइने गरेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार