logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

उपत्यकामा २२४ सहित देशभर ७४३ काेराेना


  • राजनीति
  • सोमबार, भाद्र ८ २०७७

राजधानी उपत्यमा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार योसँगै नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ।

यसैगरी साेमबार काठमाडाैंमा १७७ जना भक्तपुर १४ र ललितपुरमा ३३ जना संक्रमित फेला परेका छन्।

संक्रमित बढेसँगै कोरोनाबाट मृत्यु हुने क्रम पनि बढेको छ।

पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको मन्त्रालय स्रोतले जनाएको छ। मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना रहेका छन् । थप ८ जनाको मृत्युसँगै जम्मा मृत्यु हुनेको संख्या नेपालमा १ सय ५७ जुगेको छ।

साथै १३ हजार ७ सय १५ सक्रिय संक्रमित रहेका छन्। १७५ जना साेमबार डिस्चार्ज भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार