logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपालमा ८१ प्रतिशतलाई संक्रमण र ४९ हजारको ज्यान जाने एक अध्ययनको अनुमान


  • राजनीति
  • शनिबार, भाद्र १३ २०७७

OMSK, RUSSIA - JANUARY 28, 2020: An employee of the Transmissive Viral Infections Laboratory of the Omsk Research Institute of natural focal infections. The lab has designed a testing system that allows to diagnose coronavirus in 7-8 hours. Yevgeny Sofiychuk/TASS Ðîññèÿ. Îìñê. Ñîòðóäíèöà ëàáîðàòîðèè òðàíñìèññèâíûõ âèðóñíûõ èíôåêöèé Îìñêîãî íàó÷íî-èññëåäîâàòåëüñêîãî èíñòèòóòà ïðèðîäíî-î÷àãîâûõ èíôåêöèé.  ëàáîðàòîðèè ðàçðàáîòàëè ñèñòåìó òåñòèðîâàíèÿ, áëàãîäàðÿ êîòîðîé ìîæíî äèàãíîñòèðîâàòü êîðîíàâèðóñ çà 7-8 ÷àñîâ. Åâãåíèé Ñîôèé÷óê/ÒÀÑÑ

नेपालमा ८१ प्रतिशत जनतालाई कोरोना लाग्ने एक अन्तर्राष्ट्रिय अध्ययनले अनुमान गरेको छ। बेलायतको अक्सफोर्ड विश्वविद्यालय सहभागी सो अध्ययनले कोरोना प्रभावबारे गरेको अध्ययनमा सन् २०२० को अन्तिमसम्म ४९ हजारले ज्यान गुमाउने आँकलन गरेको गरेको छ ।

शोधकर्ताहरू प्रोफेसर लिसा ह्वाइट, डा. निकोलस लेक्फोर्ड, डा. सुनिल पोखरेल, डा. दिप्ती लता तथा डा. राशिद जमान सहभागी उक्त अध्ययन प्रतिवेदनमा नेपालमा संक्रमणको वृद्धिदर र यो वर्षको अन्तिमसम्म हुने अवस्थालाई तीन फरक(फरक सुरक्षात्मक उपायको आधारमा वर्गीकरण गरेर यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो।

अक्सफोर्ड विश्वविद्यालय र अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले तयार पारेको यस्तो अध्ययन प्रतिवेदनमा गत मे महिनामा नेपालमा देखिएका कोभिड–१९ का नयाँ केस, अन्य समुदायबाट आयातित केस र समुदायस्तरमा फैलिएको संक्रमण, नेपालमा लकडाउनको अवस्था, त्यतिबेलाको संक्रमण वृद्धिदर तथा मृत्युदरका आधारमा तथ्यांकको विश्लेषण गरिएको छ। अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘यिनै आधारमा नेपालमा यो वर्षको अन्तिमसम्म ४९ हजार दुई सय जनाको मृत्यु हुनसक्छ।’

तीनवटा मापदण्डका आधारमा यस्तो प्रक्षेपण गरिएको अध्ययनमा उल्लेख गरिएको छ। अध्ययनमा ‘न्यून अवरोध रणनीति’, ‘मध्यम अवरोध रणनीति’ र ‘उच्च अवरोध रणनीति’ गरी सुरक्षात्मक उपायका तीन मापदण्डका आधारमा सम्भावित संक्रमण प्रसार र प्रभावको अध्ययन गरिएको छ।

न्यून अवरोध रणनीतिमा लकडाउन लागू गरिएको ८ देखि १० हप्तापछि सबै कुरा सामान्य अवस्थामा फर्काइँदा कस्तो असर पर्छ भन्ने अध्ययन गरिएको छ।

त्यस्तै ‘मध्यम अवरोध रणनीति’मा सुरुमा प्रतिबन्ध लगाइएको अवधि समाप्त भएपछि थप २६ हप्तासम्म विद्यालयहरु पूर्ण रुपमा बन्द गर्नुका साथै अन्य समुदायबाट आयातित केसलाई थप २६ हप्तासम्म सीमित गर्ने (सीमा र अन्तर्राष्ट्रिय उडानमा कडाइ गर्ने) गरी सुरक्षात्मक उपाय अपनाउनुपर्ने बताइएको छ।

यसैगरी उच्च अवरोध रणनीतिमा लक्षण देखिएकालाई सेल्फ आइसोलेसनमा राख्ने र अन्य लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टाइनमा राख्ने सकिने पनि उल्लेख छ।

यो रिपोर्टलाई नेपालका चिकित्सकहरुले भने गलत भनेका छन् । अध्ययनका कुनै पनि तथ्याङक नमिल्ने उनीहरुको भनाई छ ।
डा.रबिन्द्र पाण्डेले सो संस्थाको अध्धयन गलत भएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार