logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपालमा हालसम्मकै उच्च संख्यामा मृ’त्यु


  • राजनीति
  • आइतबार, भाद्र १४ २०७७

file pic file pic

नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृ’त्यु पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतक संख्याबारे पुष्टि गरेको हो । यो अहिलेसम्म एकै दिन मृ’त्यु पुष्टि भएको सर्वाधिक संख्या हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज मृ’त्यु हुनेहरुमा ४ जना महिला र १० जना पुरुष छन् । यो सँगै कुल मृ’तकको संख्या २ सय २१ पुगेको छ ।

यसअघि हिजो १२ जना थप संक्रमितको मृ’त्यु पुष्टि भएसँगै कुल संख्या २०७ पुगेको थियो ।

पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार