logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आज ८९९ लाई कोरोना, ७ जनाको निधन


  • राजनीति
  • सोमबार, भाद्र १५ २०७७

नेपालमा कोरोना भाइरसका आज ८ सय ९९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३९ हजार ४ सय ६० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आज ११ हजार १ सय २९ जनाको पिसीआर परिक्षण गर्दा ८ सय ९९ जनाको रिर्पोट पोजेटिभ आएको हो । आजसम्म २१ हजार ४ सय १० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप सात जनाको मृ’त्यु पुष्टि भएको छ । योसँगै कुल मृ’तक संख्या दुई सय २८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मृ’त्यु पुष्टि भएकाहरुमा ४ पुरुष र ३ महिला छन् । नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेहरुमा एक सय ६९ पुरुष र ५९ महिला छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार