राजनीति
काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार उनलाई कोरोना पोजेटिभ देखिएको हो ।
मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन ।
मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।
कोरोना पोजेटिभ देखिएसँगै अहिले उनी आइसोलेसनमा रहेको जनाइएको छ ।