राजनीति
देशका विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला ताप्लेजुङ, सोलुखुम्वु, मुगु, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।
यस्तै गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५६६ छ । यस्तै कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या औषतमा ६० प्रतिशत छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाण्डौँ उपत्यकामा ४०८ सहित देशभर एक हजार ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। महिला ३४९ र पुरुष ६९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल संख्या संख्या ४५ हजार २७७ पुगेको उनले बताए ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ । संस्थागत आइसोलेशनमा ९ हजार ८६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेका छन् भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।