logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

फेरी लकडाउन गर्न सिफारिस, सक्रिय संक्रमित २५ हजार नजिक


  • राजनीति
  • बुधबार, असोज ७ २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ । गौतमका अनुसार २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भएकोले बैठकले सो निर्णय गरेको हो ।

उपत्यकामा बुधबार ६३७ जनामा कोरोनाभाइस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६३७ सहित देशभर भने ११७२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला ४२६ र पुरुष ७४६ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यससँगै देशभर कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

यस्तै हाल देशभर २२० जना आईसीयू र ४३ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै हाल क्वारेन्टिनमा ७ हजार १०४ जना रहँदा कोरोना निको हुनेको संख्या भने ४९ हजार ९५४ जना रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा एक महिला सहित ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृ’त्यु हुनेको कुल संख्या ४३६ पुगेको छ ।

यसैबीच हालसम्म सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोनमुक्त रहेको छ भने मोरङ, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० बढी संक्रमित रहेका छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार