logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

सचिवालयमा काेराेना भेटिएपछि ओली उच्च निगरानीमा


  • राजनीति
  • शनिबार, असोज १७ २०७७

प्रधानमन्त्रीको निजी सचिवालयका चार जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

प्रमुख राजीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सचिवालयका चार सदस्यमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री केपी ओली कन्ट्याक ट्रेसिङमा परेका छन् ।

शुक्रबार दिएको स्वाब परीक्षणको रिपोर्ट शनिबार आएको हो । चारै जनाको रिपोर्ट पोजिटिभ आएपछि प्रधानमन्त्री ओली कन्ट्याक ट्रेसिङमा परेका हुन् ।

प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीसँग दैनिक भेटघाट भइरहेको तर स्वास्थ्य सावधानी अपनाएको बताए । ‘हामी प्रधानमन्त्रीसँग आवश्यकता अनुसार भेटघाटमै थियौँ’, थापाले भने, ‘तर, उहाँसँग भेट गर्दा हामीले स्वास्थ्य सावधानी र दूरी अनिवार्य रुपमा कामय गरेका छौँ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार