logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

निकाे भए २ लाख काेराेना संक्रमित, यस्तो छ पछिल्लो अपडेट


  • राजनीति
  • सोमबार, मंसिर ८ २०७७

केही दिनयता कोरोना संक्रमण (कोभिड -१९) बाट मुक्त हुनेको संख्या वृद्धि भएको छ। सोमबार मात्रै ३ हजार ४३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबार मात्रै ५ हजार ६९९ जनाले स्वास्थ्य लाभ गरेका थिए।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ। पछिल्लो २४ घण्टामा १९ सय ८० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

१८ हजार ८८४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १८ हजार ८८४ जना छन् भने ६२९ जना क्वारेन्टाइनमा रहेका छन्।

नेपालमा कोरोनाबाट १३ सय ३७ जनाको मृत्यु भएको छ। सोमबार मात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार