राजनीति
चीनले नेपाललाई थप ८ लाख डोज कोरोना विरुद्धको (कोभिड–१९) खोप उपलव्ध गराउने भएको छ । सोमबार काठमाडौंस्थित चिनियाँ राजदूतवासले एक सूचना जारी गरी सो कुराको जानकारी दिएको हो । चिनियाँ दूतावासले थप सहुलियत अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराउने जानकारी दिएको छ ।
यसअघि पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले योसँगै अब नेपाललाई १३ लाख सिनोफार्म खोप उपलब्ध गराउँदैछ । सिनोफार्मलाई यसअघि नै नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।