राजनीति
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण तीव्र रुपमा बढेको भन्दै सभा–समारोह तथा सार्वजनिकस्थलमा कार्यक्रम नगर्न सूचना जारी गरेको छ ।
यस्ता कार्यक्रम गर्ने र सहभागी हुने दुवैलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालयले सम्बन्धित निकायहरुलाई सूचित गरेको छ । मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्न आग्रह सबैलाई गरेको हो ।
समाचार तथा सूचना सम्प्रेषण गर्दा मास्कको प्रयोग अनिवार्य गर्न तथा मास्कको प्रयोग नगरेका व्यक्तिका समाचार तथा सूचनालाई निरुत्साहित गर्न समेत मन्त्रालयले सञ्चारमाध्यमहरुलाई अनुरोध गरेको छ । हेर्नुस् स्वास्थ मन्त्रालयकाे विज्ञप्ति 