logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेनाबाट एकैदिनमा ३५ जनाकाे मृत्यु


  • राजनीति
  • बिहिबार, बैशाख १६ २०७८

कोरोनाभाइरसबाट थप ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको उल्लेख गरिएको छ । ​
ससँगै मृतकको कुल संख्या ३ हजार २४६ पुगेको छ ।

यस्तै देशभर ४९ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लागेकै दिन देशभर ४९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ५९७ जनाको परीक्षण गर्दा ४ हजार ८३१ जना र एन्टिजेन विधिबाट ९६३ जनामा परीक्षण गर्दा ९७ जनामा संक्तमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० र निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ।

यस्तै देशभर हाल सक्रिय संक्रमित ३४ हजार ११७ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार