logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एकैदिन ७ हजार २२१ संक्रमित, उपत्यकामा मात्रै ३ हजार ५ सय बढी


  • राजनीति
  • आइतबार, बैशाख १९ २०७८

पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार