logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

एकैदिन १३९ जनाकाे मृत्युु


  • राजनीति
  • सोमबार, बैशाख २७ २०७८

देशभर पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिभिन्न समयमा मृत्यु भएका ६५ जना संक्रमितकाे तथ्याङ्क नेपाली सेना मार्फत सिसिएसमीलाई प्राप्त भएकाे र उक्त तथ्याङ्कसमेत अद्यावधिक गर्दा मृत्यु हुनेकाे संख्या १३९ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्राेतले जनाएकाे छ ।

१३९ जना काेराेनाकाे कारण एकै दिन मृत्यु हुनेकाे सर्वाधिक हाे । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।

यसअघि हिजो काेराेना संक्रमण सुरुभए देखिकै उच्च ८८ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दिनदिनै उकालो लागेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार