logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपालमा काेराेनबाट ५ हजारकाे मृत्युु


  • राजनीति
  • आइतबार, जेष्ठ २ २०७८

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएपछि मृतक संख्या पाँच हजार एक पुगेको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृत्युदर उच्च देखिएको छ । हालसम्म एकै दिन २२५ जनासम्मको मृत्यु भएको छ । पछिल्लो एक साता मृतक संख्या तीन अंकमा रह्यो ।

वैशाख २६ गते ८८ जना, वैशाख २७ गते १३९, वैशाख २८ गते २२५ जना, वैशाख २९ गते १६८ जना, वैशाख ३० गते २१४ जना, वैशाख ३१ गते २०३ जना, जेठ १ गते १८७ जना र जेठ २ गते १४५ जनाको मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार