logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

अस्पतालको सेफ्टी ट्याङ्किङमा खसेर बालिकाको मृत्यु


  • राजनीति
  • बुधबार, साउन १ २०८२

चितवन । भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर एकजना बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार अस्पतालमा कार्यरत कर्मचारी विकास मगरका पाँच वर्षीय छोरी अन्जनाको सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु भएको हो।

उनका अनुसार मङ्गलबार अपरान्न उनी खेल्ने क्रममा सेफ्टी ट्याङ्कीमा खसेकी थिइन् । उनलाई उद्धार गरी उपचारको लागि सोही अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारमाका क्रममा उनको मङ्गलबार साँझ नै मृत्यु भएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार