logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

झलनाथ पत्नी चित्रकारले गुमाइन बायाँ हात


  • राजनीति
  • बिहिबार, असोज २ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छन् ।

गत भदौ २४ गते काठमाडौंमा जेनजीहरुले गरेको आन्दोलनका क्रममा आफ्नै घरमा तोडफोड र आगजनीमा परेर गम्भीर घाइते भएकी उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा हात काटिएको अस्पताल स्रोतले जनाएको छ ।

जलेको अवस्थामा उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको देब्रे हात ४० प्रतिशत जलेको अस्पतालले जनाएको थियो । पछि थप इन्फेक्सन भएपछि उनको हात काट्नुपरेको अस्पताल स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार