logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

किन गरे, डोनाल्ट ट्रम्पले नेपाल भारतीय भुभाग भएको ब्रीफिङ्ग ?


  • एजेन्सी
  • सोमबार, माघ २१ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भूटानलाई भारतीय भूभाग ठान्ने गरेको खुलासा भएको छ। ट्रम्पले अमेरिकी गुप्तचरहरूको एउटा समूहलाई दिएको ब्रिफिङका क्रममा नेपाल र भूटान भारतीय क्षेत्रमा पर्ने बताएका हुन्।

ट्रम्पले नेपाल र भूटानलाई भारतीय भूभाग भनेपछि उनका सल्लाहकारहरूले दक्षिण एसियाको नक्सा मगाएरै सम्झाउनु परेको थियो। सल्लाहकारले अफगानिस्तानदेखि बंगलादेशसम्मको भूभाग देखाएर सम्झाएका थिए। उनीहरूले नेपाल र भूटान भारतीय भूभाग नभए स्वतन्त्र राष्ट्र हुन् भनि सम्झाएको गुप्तचर अधिकारहरूको भनाइ उद्धृत् गर्दै टाइम म्याग्जिनको अनलाइन संस्करणले उल्लेख गरेका छ।

टाइम म्याग्जिनको अनलाइन संस्करणमा भनिएको छ, ‘संसदहरू (कंग्रेसहरू)को ब्रिफिङका क्रममा ट्रम्पका सल्लाहकारहरूले दक्षिण एसियाको नक्सा ल्याएर अफगानिस्तनदेखि बंगलादेशसम्मका क्षेत्र देखाए। ट्रम्पले नक्सामा देखाउँदै नेपाल भारतको भूभाग थियो भनेपछि सल्लाहकारहरूले नेपाल स्वतन्त्रण मुलुक हो भनी सम्झाए। त्यसो भए भूटान भारतको भूभाग थियो त भनि सोधे। त्यसपछि भूटान स्वतन्त्रण राज्य हो भनि बताए।’

यसअघि ट्रम्पले नेपाल र भूटानको नाम गलत उच्चारण गरेका थिए। उनले २०१७ को अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण अघिको एक ब्रिफिङका क्रममा नेपाललाई ‘निप्पल’ र भूटानलाई ‘भुट्टोन’ भनेको पोलिटिको अनलाइन संस्करले लेखेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार