logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

दुर्लभ रोग बाट गुज्रिरहेकी छन राजकुमारी केट ज्यानै सम्म जान सक्ने !


  • राजनीति
  • आइतबार, भाद्र २५ २०७४

बेलायतको शाही परिवारमा पुनः एक सदस्य थपिने भएको छ । क्याम्ब्रिजका डचेज तेस्रो सन्तानलाई अर्को वर्षको अप्रिल वा मे महिनामा जन्म दिने तरखरमा छन् । प्रिन्स विलियम्सले आफ्नो तेस्रो सन्तानको जन्मको घोषण गत सेप्टेम्बर ४ तारिखमा गरेका थिए ।

तर अहिले केट मिडल्टन गर्भावस्थाको दुर्लभ स्थितीबाट पीडित छन् जसलाई हाइपरमेसिस ग्रेविडेरम भनिन्छ ।

३५ वर्षीया केट मिडलटनले पहिलेका आफ्नो दुई गर्भमा पनि यस्तै प्रकारको रोगको सामना गरेकी थिइन् ।

यो रोगले भ्रुणको विकासमा बाधा पुर्याउनुका साथै समय अगावै बच्चाको जन्म हुनसक्छ । यसले शिशुको कम तौल अथवा अंगको पूर्ण विकासमा पनि बाधा पुर्याउने सम्भावना रहन्छ ।

गम्भीर अवस्थामा यो रोगले गर्भपतन पनि गराउन सक्छ । एनएचएसका अनुसार यसले आमाको हृदयगतीमा अस्वभाविक वृद्धि गराइदिन्छ ।

यो दुर्लभ स्थितीसँग जोडिएका पाँच प्रमुख कुरा यस्ता छन्ः

अत्यधिक तरल पदार्थको निष्कासनः

‘मर्निङ सिकनेस’ गर्भावस्थाको विभिन्न लक्षणमध्येको एक हो । तर हाइपरमेसिस ग्रेविडेरमबाट ग्रसित गर्भवतीलाई गम्भीर ‘मर्निङ सिकनेस’ हुन्छ । उनीहरुलाई अत्यधिक वाकवाकी लाग्ने गर्दछ जसका कारण शरिरको अत्यधिक तरल पदार्थ बाहिर निस्कने गर्दछ । यसले पिसाब कम लाग्ने हुन्छ र अत्यधिक थकान पनि हुने गर्दछ । साथै, रक्तचाप पनि निकै कम हुनुका साथै डिप्रेशन र तनाव पनि हुने गर्दछ ।

स्ट्रोजन हर्मोनको श्राव बढ्ने गर्दछः

गर्भावस्थामा हर्मोनको उतारचढाव अत्यधिक हुने गर्दछ । ती महिला जो हर्मोन वृद्धिप्रति अत्यधिक संवेदनशील हुन्छन् उनीहरु यो रोगबाट ग्रसित हुन्छन् । महिनावारीको क्रममा एस्ट्रोजन हर्मोनको श्रावमा वृद्धि हुन्छ । जब महिला गर्भधारण गर्छिन् तब एस्ट्रोजन र प्रोजेस्ट्रोनको उत्पादन उच्च मात्रामा हुन्छ जुन साधारणतया महिनावारीभन्दा लगभग सयदेखि हजार गुणा बढि हुन्छ । परिणामस्वरुप यस्तो स्थितीको सृजना हुन्छ ।

९–१३ हप्ताः

यो रोगको लक्षण परिवारका सदस्यले गर्भवती भएको चारदेखि ६ हप्ताबिच पहिचान गर्न सक्छन् । यो ९ देखि १३ हप्ताबिच बढ्ने गर्दछ ।

तीन प्रतिशत महिलामा मात्रः

हाइपरमेसिस एजुकेशन एण्ड रिसर्च फाउन्डेशन स्टेटिक्सका अनुसार एकदेखि तीन प्रतिशत महिला यस्तो प्रकारको दुर्लभ स्थितीबाट गुज्रने गर्दछन् ।

‘एन्टी नजिया’ औषधीले काम गर्नेः

मर्निङ सिकनेसभन्दा विपरित हाइपरमेसिस ग्रेविडेरममा बान्ता भएपछि महिलाको पेटमा खाना बाँकी रहँदैन । यस्तो दुर्लभ स्थितीको कुनै उपचार छैन यद्यपी यसलाई ‘एन्टी नजिया’ औषधीबाट सम्हाल्न सकिन्छ । यस्तै, शरिरमा तरल पदार्थको कमीलाई रोक्ने घोल अस्पतालमा पाइन्छ जसले डिहाइड्रेशन र इलेक्ट्रोल इम्ब्यालेन्सलाई रोक्न सहयोग गर्दछ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार