logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

लण्डनमा रेल बिस्फोट


  • राजनीति
  • शुक्रबार, भाद्र ३० २०७४

लण्डनको दक्षिणपश्चिम स्थित पार्सन्स ग्रीनमा डिस्ट्रिक्ट लाइन रेलका यात्रुहरुले अगाडीको डिब्बामा विस्फोट भएको र आगोको लप्का आएको बताएका छन्।

त्यसपछि त्यहाँ खैलाबैला भएको र भर्‍याङ्मा मानिसहरुबीच भागदौड हुँदा केही घाइते भएको उनीहरुले बताएका छन्।
फुल्हामस्थित उक्त क्षेत्रमा स्थानीय समय बिहानको आठ बजेर बीस मिनेट जाँदा प्रहरी तथा प्यारामेडिकहरुलाई सहयोगको कल आएको थियो।
बीबीसीका सुरक्षा सम्वाददाता फ्र्यांक गार्डनरले उक्त घटनापश्चात मेट प्रतिआतंकवाद टोलीले प्रतिक्रिया जनाइरहेको बताएका छन्।
कसले विस्फोट गराएको भन्ने अहिले थाहा नभइसकेको उनले बताए।
प्रत्यक्षदर्शीहरुले कम्तीमा एकजना यात्रुको मुहारमा चोटपटक लागेको देखेको बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार