logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प


  • राजनीति
  • आइतबार, चैत्र १७ २०७५

बेइजिङ– इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६।२ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे गएको हो ।

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको थियो । भूकम्पबाट भएको जनधनको क्षतिका बारेमा स्थानीय प्रशासनले जानकारी सङ्कलन गर्न लागेको जनाएको छ । –सिन्ह्वा

फेसबुकले डिलिट गरिदियो मार्क जुकरवर्गकै पोस्टहरू

आफ्नै संस्थापक मार्क जुकरवर्गका पोस्टहरू फेसबुकले डिलिट गरिदिएको छ। कम्पनीले जुकरवर्गका सन् २००७ र २००८ का पोस्टहरू भुलवश् डिलिट भएको जनाएको छ।कम्पनीका प्रवक्ताका अनुसार जुकरवर्गको फेसबुक वालबाट हटे पनि ती पोस्ट कम्पनीको ब्लग र न्युजरूममा भेटिन्छन्।

‘प्राविधिक त्रुटिका कारण जुकरवर्गका केही पोस्ट डिलिट भए। तिनलाई फेरि रिकभर गर्न धेरै काम गर्नुपर्थ्यो,’ फेसबुकका प्रवक्ताको भनाइ उद्धृत गर्दै सिनेट अखबारले लेखेको छ, ‘त्यो प्रक्रिया पूरा गरे पनि पोस्ट रिकभर हुने ग्यारेन्टी थिएन। त्यसैले हामीले प्रयासै गरेनौं।’प्रवक्ताका अनुसार यसरी गल्तीवश् जुकरवर्गका कति पोस्ट डिलिट भए भन्ने यकिन छैन। तर धेरै संख्यामा डिलिट भएको हुनसक्ने उनको भनाइ छ। यो प्राविधिक त्रुटिको वास्तविक कारण पनि पत्ता लागिसकेको छैन।

‘यसरी एकाएक पुराना पोस्ट आफैं हराउँदा हामीलाई रेकर्ड राख्न गाह्रो हुन्छ,’ कम्पनीले भनको छ।जुकरवर्गको फेसबुकबाट यी पोस्ट हटेको जानकारी सबभन्दा पहिले ‘बिजनेस इन्साइडर’ ले पाएको थियो। यसरी फेसबुकबाट आफैं पोस्ट हराउने हो भने कम्पनीलाई निकै समस्या पर्ने सञ्चार विज्ञहरूले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार