राजनीति
जापानी प्रधानमन्त्री सिन्जो आबेले संसद भंगको घोषणा गरेका छन् ।
उत्तर कोरियाविरुद्धको मिशन सफल बनाउन प्रधानमन्त्री अाबेले संसद भंग गरेको बताइएको छ । आफ्नो कार्यकाल रहँदै चुनाव गराउँदा आफ्नो पार्टीलाई बहुमत अाउँने र त्यसले उत्तर कोरियाविरुद्धको अाफ्नो मिशन अगाडि बढ्ने निष्कर्षसहित प्रधानमन्त्रीले संसद भंग गरी नयाँ चुनावको घोषणा गरेको बताइएको छ ।
अाफ्नो एक वर्ष अवधि बाँकी छँदै प्रधानमन्त्री आबेले संसदको तल्लो सदन विघटन गरेका हुन् । संसद भंगसँगै नयाँ निर्वाचनको मिति आगामी अक्टोबर २२ लाई तोकिएको छ ।
उत्तर कोरियासँग भएको पछिल्लो तनावमा राष्ट्रका पक्षमा बलियो अडान राखेको भन्दै आबेप्रति जनलहर केही सुदृढ भएको र त्यही मौकामा चुनाव गराउन खोजिएको विश्लेषण गरिएको छ । उत्तर कोरियाविरुद्ध आफूले चालेको कमदलाई निष्कर्षमा पुर्याउन अमेरिकासँग मिलेर युद्ध लड्ने मानसिकताका साथ प्रधानमन्त्री आबेले संसद भंग गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।