राजनीति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग युद्धको लागि आफू पूर्ण रुपमा तयार भएको बताएका छन् । उनले युद्ध सुरु भए उत्तर कोरियाको लागि निकै विनाशक हुने समेत बतए ।
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले गरेका टिप्पणी अत्यन्त खराब रहेको बताउँदै उत्तर कोरियाको परमाणु कार्यक्रमलाई पहिले नै रोक्न नसक्नु कमजोरी भएको बताए । उनले भने, ‘२५ वर्ष अघि नै उत्तर कोरियाको परमाणु कार्यक्रमसम्बन्धी महत्वाकांक्षा रोक्नु पर्दथ्यो ।’
यसअघि उत्तर कोरियाले आफ्नो वायुसीमा क्षेत्र बाहिर भएपनि अमेरिकी लडाकु विमानलाई खसाल्ने चेतावनी दिएको थियो । अमेरिकाले युद्धको उदघोष गरेको उत्तर कोरियाले बताउँदै अाएको छ ।