राडारसँग सम्पर्क टुटेको एक दिनपछि जापानको एफ–३५ लडाकु विमानको भग्नावशेष प्यासफिक ओसनमा भेटिएको छ ।
जापानको एउटा लडाकु विमान दुर्घटनामा परेको पुष्टि भएको हो।विमानका पाइलटको अवस्था भने थाहा हुन सकेको छैन । पाइलटको खोजी भइरहेको जापानी सेनाले जनाएको छ ।
विमानको खोजीमा खटिएको टोलीले समुद्रबाट विमानका भग्नावशेष निकालेको छ ।सञ्चालनमा आएको एक वर्ष पनि नहुँदै विमानले नियन्त्रण के कारण गुमायो र दुर्घटनामा कसरी पर्यो भन्ने बारे थाहा भएको छैन । विमान नेपाली समय अनुसार मंगलबार बेलुका राडारबाट सम्पर्क बाहिर गएको थियो ।