logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

चिनमा कम्युनिस्ट पार्टीको बैठक, काठमाडौंमा सुरक्षा सतर्कता !


  • राजनीति
  • सोमबार, असोज ३० २०७४

Paramilitary policemen hold their fists in front of a flag of Communist Party of China as they attend an oath-taking rally to ensure the safety of the upcoming 18th National Congress of the Communist Party of China, at a military base in Hangzhou...Paramilitary policemen hold their fists in front of a flag of Communist Party of China as they attend an oath-taking rally to ensure the safety of the upcoming 18th National Congress of the Communist Party of China (CPC), at a military base in Hangzhou, Zhejiang province November 5, 2012. REUTERS/China Daily (CHINA - Tags: POLITICS MILITARY) CHINA OUT. NO COMMERCIAL OR EDITORIAL SALES IN CHINA

चिनियाँ कम्युनिष्ट पार्टीको १९ ओं नेशनल कंग्रेस बैठक बुधबारदेखि सुरु हुँदैछ । बेइजिङमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको बैठकको सुरक्षा प्रवन्धन भने काठमाडौंसम्म जोडिएको छ ।

नेशनल कंग्रेसको बैठक नजिकिँदै गर्दा काठमाडौंमा चीनविरोधी गतिविधिको तयारी भइरहेको सूचनाका आधारमा प्रहरीले सतर्कता बढाएको छ । बैठकलाई विश्वले नै चासोका साथ हेरिरहेका बेला तिब्बती शरणार्थीले चीनलाई दबाब दिने गतिविधि काठमाडौंमा गर्ने तयारी गरिरहेको सूचना नेपाल प्रहरीले पाएको छ ।

यही बेला आत्मदाह गर्दा चीनलाई दबाब दिन सकिने भन्दै केही तिब्बती शरणार्थीलाई काठमाडौंमा आत्मदाह गराउन खोजिएको सूचना प्रहरीले पाएको छ ।

आत्मदाहको सूचनापछि बौद्ध स्तुपा क्षेत्रमा सादा पोसाकमा प्रहरी खटाइएको छ । त्यस्तै जावालाखेल, स्वयम्भू क्षेत्रमा पनि निगरानी बढाइएको खबर नयाँ पत्रिका दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार