logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सबैभन्दा कान्छा ३१ वर्षका युरोपेली राष्ट्रपति


  • राजनीति
  • सोमबार, असोज ३० २०७४

मध्य युरोपेली मुलुक अस्ट्रियामा ३१ वर्षे युवक राष्ट्रपति निर्वाचित भएका छन् ।

पिपुल्स पार्टीका तर्फबाट उम्मेदवार बनेका सेबस्टियन कुर्ज राष्ट्रप्रमुख बनेका हुन् । उक्त पार्टी पुरातनवादी धारको मानिन्छ । कुर्ज संसारकै कम उमेरका राष्ट्रप्रमुख पनि बनेका छन् ।

उनको पार्टीले ३१ प्रतिशतभन्दा बढी मत हासिल गरेको छ । सोसल डेमोक्रेट्स र पि|mडम पार्टीबीच दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धा देखिएको छ ।

‘यो देशमा परिवर्तनको समय हो, हामीलाई एक जबर्जस्त जनादेश मिलेको छ,’ नवनिर्वाचित राष्ट्रपति कुर्जले भने, ‘देशमा परिवर्तन ल्याउन मद्दत गर्ने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

यसअघि उनले सन् २०१३ मा अस्ट्रियाको सबैभन्दा कम उमेरको विदेश मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन् । त्यसबेला उनी २७ वर्षका मात्र थिए । मे २०१७ मा उनलाई पिपुल्स पार्टीको नेतृत्व हात पर्‍यो ।

उनको राजनीतिक जीवन सोही पार्टीको युवा संगठनबाट भएको थियो । राजधानी भियनाको सिटी काउन्सिलमा चुनिनुअघि उनले युवा संगठनको नेतृत्व गरिसकेका थिए ।

अस्टि्रयाको राजनीतिमा उनलाई ‘उन्डरउज्जी’ पनि भन्ने गरिएको छ । त्यसको अर्थ हुन्छ, पानीमा पनि हिँड्न सक्ने मानिस । उनको तुलना फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रो र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउसँग गरिने गरेको छ ।

यद्यपि, उनको पार्टी बहुमत ल्याउने अवसरबाट वञ्चित भएको छ । र, विपक्षी पि|mडम पार्टीको सहारा लिएर सरकार गठन गर्नुपर्ने बाध्यतामा देखिन्छन्, कुर्ज ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार