logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

खान नपाउँदा ‘भात भात’ भन्दै त्यागिन् बालिकाले प्राण


  • राजनीति
  • बिहिबार, कार्तिक २ २०७४

नयाँ दिल्ली-झारखण्डको सिमगेडा जिल्लाको एउटा गाउँमा खाना खान नपाएर एक बालिकाले ज्यान गुमाएकी छिन् । सिमगेडा जिल्लास्थित पतिअम्बा पञ्चायतको एक गाउँकी ११ वर्षीय सन्तोषकुमारीले धेरै दिन देखि खाना खान नपाएर ज्यान गुमाएकी हुन् ।  आफ्नो परिवारसँगै बस्दै आएकी उनले धेरै दिन देखि खाना खान नपाएर ‘भात भात’ भन्दै चिच्याउँदै ज्यान गुमाउनु परेको भारतीय सञ्चार माध्यमले जनाएका छन्

 उनकी आमा कोइली देवीले आफु चामल लिन पसल गएकी तर, पसलले आफुलाई चामल नदिएकोले आफ्नो छोरीले ‘भात भात’ भन्दै चिच्याउँदै ज्यान गुमाउनु परेको बताएकी छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार पसलेले उनलाई पछिल्लो आठ महिना देखि चामल दिएका थिएनन् ।
उनको रासन कार्ड आधार कार्डसँग सम्बन्धित नभएको कारण पसलेले चामल नदिएका हुन सक्ने सञ्चार माध्यमले उल्लेख गरेका छन् । तर, झारखण्डका खाद्य आपुर्ति मन्त्रीले जसको रासन कार्ड आधार कार्ड सँग सम्बन्धित छैन, उनीहरुलाई पनि रासन दिनबाट बञ्चित गर्न नपर्ने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार