logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

कन्हैयाको प्रचारमा दिनरात खटिरहेका युवतीको पारिवारिक बिद्रोह ,उनि को हुन र के गर्छिन


  • रजनीश कुमार /बीबीसी
  • आइतबार, बैशाख १५ २०७६

दिल्लीमा बस्ने २४ वर्षीया स्वाती ७ अप्रिलदेखि बेगूसरायमा छिन् । उनी पहिलो पटक त्यहाँ पुगेकी हुन् र हरेक दिन बिहान आठ बजेदेखि चुनाव प्रचारमा निस्किने गर्छिन् ।

उनी बेगूसराय आउने तयारी गरिराख्दा उनका आमा–बुवाले बिहारको छविको विषयमा चेतावनी दिएका थिए । यद्यपी, स्वातीलाई उक्त चेतावनीले खासै असर पारेन । स्वातीका अनुसार उनका आमा–बुवा दक्षिणपन्थी विचारधाराका हुन् र कांग्रेस विरोधी भएकाले मोदीको समर्थन गर्छन् ।

स्वाती आफ्ना–आमा बुवाको चेतावनी सुनेको नसुन्यै गरेर परिवारको विचारधाराभन्दा भिन्न धार समातेर बेगूसराय पुगिन् । स्वाती भन्छिन्, ‘मलाई बेगूसराय निकै राम्रो लागिरहेको छ । यहाँ भाजपा र लेफ्टबीच प्रत्यक्ष लडाईं छ । देशभरीका विद्यार्थी पुगेका छन् र सबैको मनमा आशाको ज्योती बलेको छ । हामी यसै आशासहित यहाँ यतिका दिनदेखि बसिरहेका छौं ।’

स्वातीका अनुसार चुनाव प्रचारको क्रममा एक गाउँमा उनलाई केही मानिसहरुले उनको जात सोधे । उनी भन्छिन्, ‘एक महिलाले आफ्नो भाषामा मलाई सोधिन् । मैले उनको भाषा बुझिनँ र साथीलाई सोध्दा उनी मेरो जात जान्न चाहेको थाहा पाएँ । यहाँको चुनावमा जातको निकै महत्वपूर्ण भूमिका छ ।’

‘कन्हैयाले खालीपन भरेका छन्’

केरलकी अपर्णा ९ अप्रिलदेखि बेगूसरायमा छिन् ।

अपर्णाको मनमा पनि बिहारको छविको विषयमा शंका थियो । बेगू्सराय पुगेपछि बिहार बारे उनको मनमा जुन धारणा थियो त्यो टुटेको बताउँछिन् ।

अपर्णा भन्छिन्, ‘यहाँका मानिसहरु राजनीतिक रुपमा निकै जागरुक छन् । मानिसहरुलाई को उम्मेद्वारा कहाँका हुन् भन्ने राम्रोसँग ज्ञान छ । यहाँसम्म कि अनपढ महिलालाई पनि यो कुरा थाहा छ । मेरो मनमा बिहारको जुन छवि थियो त्यो बिहार ठिक विपरित छ । मैले जे बोल्छु त्यससँग सबै मानिसहरु सहमत हुन्छन् भन्ने छैन । मानिसहरु मेरो कुरालाई ध्यान दिएर सुन्छन् । प्रश्न सोध्छन् र असहमती पनि जनाउँछन् ।’

अपर्णा आखिर केरलदेखि बेगूसराय किन आइन् ? उनी भन्छिन्, ‘यो सरकारमा विपक्ष लगभग समाप्त भइसकेको छ । कन्हैयाले विपक्षको खालीपन भरेका छन् र यो ठूलो कुरा हो । विश्वास गर्नुहोस्, बेगूसराय इतिहास रच्ने तयारीमा छ ।’

नेताको बचनमा विश्वास छैनः

अपर्णा मान्छिन् कि भारतकमो चुनावी राजनीतिमा मानिसहरुले बचनमाथि विश्वास गर्न छाडेका छन् ।

उनका अनुसार बिहारको स्थिती पक्कै पनि राम्रो छैन तर मानिसहरु खुसी देखिन्छन् र अत्यधिक रिसमा पनि छैनन् ।

उनी भन्छिन्, ‘म आफ्नो राज्य केरलसँग बिहारको तुलना गर्दा यहाँ अत्यधिक फोहोर पाउँछु । तर यहाँका मानिसलाई पक्कै पनि फोहोर राम्रो लाग्दैन । मानिसहरु भयावह गरिबीका कारण फोहोरमा बस्न बाध्य छन् ।’

‘यो चुनाव भिन्न छ’

दिपा कलेजमा पढाउँछिन् र उनी दिल्लीकी हुन् । दिपा पनि बेगूसरायमा विगत दुई हप्तादेखि छिन् । दिपा पनि कुनै ठेट राजनीतिक प्रचारक होइनन् तर यसपटकको चुनाव उनका लागि भिन्न छ ।

उनले बेगूसरायमा महिलाबीच धेरै समय बिताएकी छिन् ।

दिपा भन्छिन्, ‘हामीले जातीय गोलबन्दीलाई तोडेका छौं । हामी महिलालाई शौचालय कहाँ छ भनेर सोध्छौं । ग्यास सिलिन्डर कहाँ छ । अस्पताल कहाँ छ । हामी स्कूल, कलेज, हस्पिटल र रोजगारीबारे सोध्छौं । यी समस्याबाट एउटा मात्रै जाती पीडित छैनन् । कन्हैयाबाट आशा छ त्यसकारण छुट्टी लिएर आएकी छु । परिवर्तनको सुरुवात त कतै न कतैबाट हुने नै छ । मलाई लाग्छ कि यो बेगूसरायबाट हुनेछ, त्यसकारण यहाँ आएकी छु ।’

उनी भन्छिन्, ‘चुनावी प्रचारमा घुमिरहेका बेला जे देखेँ, मैले त्यही बताइरहेकी छु । अन्ततः चुनावी नतिजाले नै हाम्रो कोसिस कति सफल भयो भन्ने जानकारी दिन्छ । मैले यहाँका मुखियालाई भेट्दा उनी आफैंले यस्तो चुनाव त बेगूसरायमा कहिले पनि भएको थिएन भन्ने गर्छन् । उनका अनुसार यसअघिका चुनाव जातीय गोलबन्दी वरिपरि नै घुम्ने गर्दथ्यो ।’

राजस्थानकी आकांक्षा गत एक महिनादेखि बेगूसरायमा छिन् । आकांक्षा यसअघि बिहार आफ्नो साथीको विवाहमा आएकी थिइन् ।

उनी भन्छिन्, ‘आज कसैलाई पनि देशद्रोही भनिँदै छ । अचानक तपाईंको बच्चालाई कसैले आतंकवादी भन्न थाल्छन् भने कस्तो महसुस होला ?‘आज कसैलाई पनि देशद्रोही भनिँदै छ । अचानक तपाईंको बच्चालाई कसैले आतंकवादी भन्न थाल्छन् भने कस्तो महसुस होला ?’

उनका अनुसार यहाँ मानिसहरु ‘इलेक्सन टुरिजम’ मा आएका होइनन् । देशका युवा पीढि परिवर्तन ल्याउन चाहन्छन् र परिवर्तनले उचित स्थान पाइरहेको छैन र बेगूसराय यसैको अभिव्यक्ति हो ।

आकांक्षालाई एक महिनादेखि घर बाहिर हुँदा परिवारले केही भन्नुहुँदैन भन्ने प्रश्न सोध्दा उनले उत्तर दिइन्, ‘उहाँहरुलाई थाहा छ कि म के गरिरहेकी छु । र म जे गर्छु त्यसको निर्णय मेरो आमा–बुवाले लिनुहुन्नँ । आमा–बुवा प्रत्येक कुरामा ठिक हुन्छन् भन्ने हुँदैन ।’

राजस्थानकै सोनम २९ मार्चदेखि बेगूसरायमा छिन् । उनी भन्छिन्, ‘मलाई बिहार निकै मन परिरहेको छ । म यो मान्छु कि गैर बिहारी यहाँ आउनुपर्छ र हेर्नुपर्छ कि यहाँका मानिसहरु कति मेहनती छन् ।’

सोनम भन्छिन्, ‘गाउँका मानिसहरु हाम्रो कुरा सुन्छन् र सहमती जताउँछन् र आफ्ना समस्याबारे खुलेर कुरा गरिरहेका छन् । यहाँ आधारभूत संरचना विशेष मुद्दा हो । यो साँचो हो कि यहाँ कुनै मोदी विरोधी माहौल छैन तर विपक्षको स्थान खाली छ र हाम्रो कोसिस विपक्षको खालीपन भर्नु हो । हामी प्रधानमन्त्रीको कुर्सीका लागि लडिरहेका छैनौं ।’

एजेन्सीको सहयोगमा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार