राजनीति
आज मंगलबार जापानका राजा अकिहितोले गद्दी त्याग गर्दै गर्ने भएका छन ।आफ्नो बिग्रँदो स्वास्थ्य अवस्थाका कारण ८५ वर्षका जापानी राजा अकिहितोले गद्दी त्याग गर्न लागेका हुन् ।
गद्दी त्यागका लागि राजा अकिहितोले गरेको आग्रहले कानुनी स्वीकृति पाइसकेको छ । २०० वर्ष यता जीवितै रहँदा गद्दी त्याग गर्ने उनी जापानको इतिहासमा पहिलो राजा हुने छन् ।
राजा अकिहितोले स्वास्थ्य र बढ्दो उमेरका कारण जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले गद्दीबाट हट्न चाहेको उल्लेख गरेका छन् ।

युवराज नारुहितो
उनका ५९ वर्षका छोरा, युवराज नारुहितोले भोली बुधबारदेखि गद्दी सम्हाल्ने छन् ।
जापानमा राजामा कुनै पनि राजनीतिक अधिकार छैन तर जापनिजहरु राजालाई राष्ट्रिय प्रतिकका रुपमा लिन्छन् ।
राजा अकिहितोको रोग तथा विपत्तिबाट प्रभावित भएका नागरिकसँग अन्तरक्रिया गर्ने बानीले उनलाई धेरै जापनिजको मनमा बास गराएको छ । राजा अकिहितो स्वइच्छाले गद्दी त्याग गर्ने सन् १८१७ यताका पहिलो राजा हुन् ।