logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आफ्नै अंगरक्षक सग तेस्रो बिबाह गर्दै राजा


  • एजेन्सी
  • शुक्रबार, बैशाख २० २०७६

In this photo released by Bureau of the Royal Household ,Thailand's King Maha Vajiralongkorn Bodindradebayavarangkun, left, sits with Queen Suthida Vajiralongkorn Na Ayudhya at Ampornsan Throne Hall in Bangkok, Thailand, Wednesday, May 1, 2019.Thailand's King Maha Vajiralongkorn, who will have his official coronation on Saturday, has appointed his consort as the country's queen. An announcement Wednesday in the Royal Gazette said Suthida Vajiralongkorn Na Ayudhya is legally married to the 66-year-old king, and is now Queen Suthida. (Bureau of the Royal Household via AP)

बैंकक । राज्याभिषेकको तीन दिनअघि थाई नरेश महाबजिरालोङकोरनले आफ्नै अगंरक्षकसँग तेस्रो बिहे गरेका छन् ।

६६ वर्षीय नरेशले ४० वर्षीया सुथिदासँग बुधबार बिहे गरेको थाई राजदरबारले जनाएको छ ।

सुथिदाले राजाको विशेष सुरक्षा दस्तामा रहेर लामो समयसम्म काम गरेकी छन् । शाही सुरक्षामा जोडिनुअघि उनी थाई एयरलाइन्समा परिचारिका थिइन् ।

त्यसैबेला थाई यूवराजले उनलाई भेटेको कतिपय सञ्चारमाध्यामले लेखेका छन् ।

थाई नरेश युवराजले नै उनलाई राजदरबारको सुरक्षा हेर्ने निकायमा राखेका थिए । युवराजको सुरक्षामा राम्रो काम गरेको भनेर उनले सन् २०१२ मा पदक पाइन् । अहिलेसम्म उनले छ वटा पदक पाइसकेकी छन् ।

सन् २०१३ मा उनलाई मेजर जनरलमा पदोन्नती गरिएको थियो । आफू राजा भएपछि थाई नरेशले उनलाई फेरि पदोन्नती गरेर फुल जनरल बनाएका थिए । अहिले सुथिदा राजाको सुरक्षा हेर्ने निकायको उपप्रमुख छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार