logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

उत्तर कोरियाले गरे मिसाइल प्रक्षेपण,तनाव बढ्ने खतरा


  • राजनीति
  • शनिबार, बैशाख २१ २०७६

दक्षिण कोरियाको समाचार संस्था योनहापका अनुसार उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको छ । उत्तर कोरियाले छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको हो । होदो क्षेत्रका मिसाइल प्रक्षेपण भएको हो।

उत्तर कोरियाली नेता किम जोङ–उनको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ससँग गएको फेब्रुअरीमा भएको वार्तामा सहमति नजुटेपछि उत्तर कोरियाले परमाणु गतिविधि पुनः तीव्र बनाएको थियो ।

स्थानीय समय अनुसार शनिबार बिहान ९ बजेतिर भएको मिसाइल प्रक्षेपणका बारेमा दक्षिण कोरिया र अमेरिकाका अधिकारीले विश्लेषण गरिरहेका छन् ।

कंगोमा इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो

कंगो- प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार कंगोको स्वास्थ्य मन्त्रालयका दिएको जानकारीमा पछिल्लो पटक फैलिएको इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको का छन् ।

गएको अगस्टदेखि कंगोमा इबोला महामारी फैलिएको हो । कंगोको इतिहासमा जारी महामारी दोस्रो भयानक इबोला महामारी हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का उप–निर्देशक डा। माइकल रायनले कंगोको पूर्वी क्षेत्रमा फैलिएको इबोला महामारी नियन्त्रणमा लिनका लागि भइरहेका प्रयासहरु अविश्वास र हिंसाका कारण समस्या भइरहेको बताएका छन् ।

गएको जनवरी यता कंगोमा स्वास्थ्य केन्द्र तथा स्वास्थ्यकर्मीमाथि ११९ वटा आक्रमण भएको डा। रायनले जानकारी दिए । स्वास्थ्यकर्मीसँग खोप प्रसस्त रहे पनि हिंसाका कारण समस्या भइरहेको छ । अहिलेसम्म स्वास्थ्यकर्मीले एक लाख जनामा खोप लगाइसकेका छन् । कंगोसहित पश्चिम अफ्रिकी देशमा सन् २०१३ देखि २०१६ सम्म फैलिएको इबोला महामारीका कारण ११ हजार ३१० जनाको ज्यान गएको थियो ।

कंगोमा अहिले दादुराको महामारी पनि फैलिएको छ । दादुराका कारण पनि एक हजार जनाको ज्यान गएको छ । ५० हजारमा संक्रमण भएको छ । देशका २६ मध्ये १४ राज्यमा दादुराको महामारी फैलिएको हो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार