logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आपतकालीन अवतरण गर्दागर्दै यसरी लाग्यो जहाजमा आगो , कम्तिमा ४१ जनाको मृत्यु (भिडियो)


  • एजेन्सी
  • सोमबार, बैशाख २३ २०७६

एक रुसी जहाजले मस्कोको विमानस्थलमा आपतकालीन अवतरण गरे लगत्तै आगो लाग्दा कम्तिमा ४१ जनाको ज्यान गएको छ । मस्कोको शिरिमिट्याभा विमानस्थलमा आपतकालीन अवतरण गरेको रुसी जहाजमा आगो लागेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले अवतरण लगत्तै विमानमा आगो लागेको जनाएका छन् । यात्रुले आपतकालीन द्वारको प्रयोग गर्दै जल्दै गरेको विमानबाट निस्कनका लागि प्रयास गरेको सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोमा देखिएको छ ।

रुसी सञ्चारमाध्यमका अनुसार ज्यान गुमाउनेमा दुई बालबालिका र चालक दलका सदस्यहरु पनि रहेका छन् । जेट विमानमा ७८ यात्रु र चालक दलका पाँच सदस्य थिए ।

उद्धार गरिएका ६ जनालाई स्थानीय अस्पतालमा लगिएको र तीनजनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने जनाइएको छ ।

रुसको राष्ट्रिय ध्वजाबहाक एरोफ्लोतको विमानमा आगलागी भएको हो । विमानमा प्राविधिक समस्या देखिएपछि उडान भरेको केही समयपछि नै विमानस्थलमा आपतकालीन अवतरणका लागि फिर्ता गरिएको थियो । तर विस्तृत विवरण भने खुलाइएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार