logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रधानमन्त्रीको टाउकोमा युवती द्धारा अण्डा प्रहार


  • एजेन्सी
  • बुधबार, बैशाख २५ २०७६

एजेन्सी-अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मरिसनका टाउकामा अन्डा प्रहार भएको छ । दुईसाता पछि हुने आम निर्वाचनको अभियानमा व्यस्त रहेका मरिसनका टाउकामा एक युवतीले अन्डा प्रहार गरेकी हुन् ।

अन्डा प्रहार भएका बेला प्रधानमन्त्री मरिसन महिलाहरुको एक समूहसँग छलफलमा व्यस्त थिए । अन्डा प्रहार गरेलगत्तै ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युवतीले प्रधानमन्त्री मरिसनको टाउकोमा अन्डा प्रहार गरेपनि अन्डा नफुटी भूइँमा खसेको थियो । जमिनमा खसेलगत्तै पत्रकारहरुले अन्डा टिपेका थिए ।

न्यु साउथ वेल्समा भएको सो घटनालगत्तै प्रहरीले एक विज्ञप्ति जारी गरी अन्डा प्रहार गर्ने युवतीलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ । अष्टेलियामा मे १८ मा चुनाव हुँदैछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार