logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दिनहुँ बिमान दुर्घटना बढ्दै,बंगलादेशको विमान यङगुन विमानस्थलमा दुर्घटनाग्रस्त


  • एजेन्सी
  • बिहिबार, बैशाख २६ २०७६

एजेन्सी- बुधबार साँझ यङगुन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको राष्ट्रिय ध्वजाबहाक विमान दुर्घटनाग्रस्त भएको छ।म्यानमार टाइम्स अनुसार एस २–एजीक्यू बम्बार्डियर ड्यास ८ क्यू ४०० विमान रनवेको घाँसे मैदानमा देखिएको छ।

ढाकामा मुख्यालय रहेको विमान बंगलादेश बंगलादेशको राष्ट्रिय ध्वजाबाहक हो। सामाजिक सञ्जालमा विमान रनवेबाट चिप्लिएर बाहिर गएको चर्चा भइरहेको छ। विमानका दुबै पखेटा भाँचिएको देखिएको छ र अग्नी नियन्त्रक घटनास्थल पुगेका छन्।

ढाका ट्रिब्युनले भने खराब मौसमका कारण विमान दुर्घटना भएको बताउँदै दुई पाइलटसहित केही यात्रु घाइते भएको जनाएको छ।याङ्गुनका लागि बंगलादेशका राजदूतले विमान अवतरणको क्रममा अगाडिको चक्का टुट्दा दुर्घटना भएको बताएका छन्।

उनले दुई जना पाइलटसहित १९ जना यात्रु उपचारका लागि अस्पताल भर्ना भएको जनाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार