logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

भारतमा बस दुर्घटनामा परी ५ जनाको मृत्यु, ३० घाइते


  • राजनीति
  • शनिबार, जेष्ठ ४ २०७६

भारत- शनिबार द्रुतगतिमा गइरहेको एक बस भारतको लखनउ-आगरा राजमार्गमा दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

सो राजमार्ग अन्तर्गतको देवखरीमा भएको सो दुर्घटनामा परी अन्य ३० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।दिल्लीबाट यात्रु लिएर बिहारतर्फ गइरहेका अवस्थामा ट्याक्टरको ट्रलीमा ठोक्किएर बस दुर्घटनामा परेको हो ।

घाइतेका मध्ये एक दर्जन भन्दा बढीलाई थप उपचारका लागि लखनउ ट्रमा सेन्टरमा लगिएको अधिकारीहरुले जनाएका छन् ।घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार