logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रधानमन्त्री नरेन्द्र मोदीले दिए राजीनामा


  • एजेन्सी
  • शनिबार, जेष्ठ ११ २०७६

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय लोक सभाको निर्वाचन सकिए लगतै पदवाट राजीनामा दिएका छन। भारतीय लोकसभा निर्वाचनको मतगणनामा कुल ५४२ सिट क्षेत्रमा भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ३०३ सिट जितेको छ। यो नतिजासँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी फेरि पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने भएका छन्।

आउँदो साता उनको शपथ ग्रहण कार्यक्रम भारतीय सञ्चारमाध्यमले जनाएको छ। पुनः प्रधानमन्त्री बन्न उनले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका हुन्। प्रधानमन्त्री मोदीले राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाएका हुन्।

भारतीय राष्ट्रपति कार्यालयले राष्ट्रपति कोविन्दले मोदीको राजीनामा स्वीकृत गरेको जनाएको छ।

केही दिनपछि मोदीकै नेतृत्वमा नयाँ सरकार गठन हुनेछ। नयाँ सरकार नबनेसम्म मोदी नेतृत्वको सरकारले ‘कामचलाउ सरकार’का रुपमा काम गर्नेछ। शपथ अगाडि मोदी आफ्नो निर्वाचन क्षेत्र वाराणासी जाने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै उनी आफ्नी आमालाई भेट्न जाने पनि बताइएको छ।

पाँच वर्षअघि भाजपाले २ सय ८२ सिट जितेको थियो। यसपालि भाजपाको मत बढेसँगै उसको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको सिट पनि पहिलाभन्दा बढेको छ। पाँच वर्षअघि एनडिएले ३ सय ३६ सिट पाएको थियो। यसपालि १४ सिट बढाएर ३ सय ५० पुर्‍याएको छ।

प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले पनि पहिलाभन्दा केही सिट बढाएको छ। पाँच वर्षअघि ४४ सिटमा खुम्चिएको कंग्रेस यसपालि छ सिट बढाएर ५२ पुर्‍याएको छ भने उसको गठबन्धन युपिएले ८५ सिट जितेको छ। सन् २०१४ मा युपिए गठबन्धनको ६० सिटमात्र थियो।

लोकसभामा अरू क्षेत्रीय दल र साना पार्टीले १०७ सिटमा जित हात पारेका छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार