logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

यी हुन् संसारकै खतरनाक मानिस, जो सँग छन् ४ हजार हतियार


  • राजनीति
  • शनिबार, कार्तिक २५ २०७४

अमेरिकन नागरिक Mel bernstein लाई विश्वकै सबैभन्दा धेरै हतियार राख्ने व्यक्तिको रुपमा चिनिन्छ । उनीसँग ४ हजार भन्दा धेरै हतियारको भण्डार छ । जसका कारण उनी वन म्यान आर्मीको नामले पनि चिनिन्छन् ।

बर्नस्टेन अमेरिकाको चर्चित ड्रागन हतियार पसलका मालिक हुन् । उनको हतियार भण्डारमा एकसेएक आधुनिक बन्दुक, मेसिन गन, पेस्तोल लगायतका हतियार छन् ।

हतियार भण्डारसँगै उनीसँग ६ वटा शूटिङ रेन्ज, पेन्टबल पार्क तथा मोटरक्रस पार्क पनि छन् ।

हालै एक न्यूज एजेन्सीलाई लिएको अन्तरवार्तामा उनले लस भेगास हमला पश्चात आफ्नो पसलबाट निकै ठूलो संख्यामा हतियार बिक्रि भएको खुलासा गरेका छन् ।

एक रिपोर्ट अनुसार अमेरिकाको ३ प्रतिशत मानिसहरुसँग मात्रै २६ करोड भन्दा धेरैगोटा बन्दुक छन् । अर्थात् औषतमा हरेक व्यक्तिसँग १७ वटा भन्दा धेरै बन्दुक रहेका छन् । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार