logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

एउटै बाइकमा ५८ जना चढेर विश्व कीर्तिमान


  • राजनीति
  • बुधबार, मंसिर ६ २०७४

भारतीय सेनाले एउटा नयाँ कीर्तिमानी कार्य गरेर विश्व कीर्तिमान कायम गरेको छ । इण्डियन आर्मीका ५८ जवानहरु एउटै मोटरसाइकलमा एकैपटकमा चढेर कीर्तिमान राखेका हुन् । बैैैैगलोरको यलाहांकामा रहेको भारतीय वायुसेनाको क्याम्पमा यस्तो कीर्तिमानी कार्य भएको हो ।

५ सय सीसीको रोयल इनफिल्ड मोटरसाइकलमा ५८ जना सैनिकहरु एकैपटकमा चढेर १२ सय मिटर टाढासम्म मोटरसाइकल गुडाएका थिए ।

मोटरसाइकलमा यतिधेरै यात्रुलाई अटाउनका लागि दायाँ–बायाँ दुवैतर्फ टेक्ने ठाउँ जोडिएको थियो । तौल बढी नहोस् भनेर सैनिकले १ सय मिलिमिटर पानी तथा बिस्कुट मात्र खाएका थिए ।

स्मरण रहोस्, भारतीय वायु सेनाको आर्मी सर्भिस कप्र्सले विभिन्न २० विधामा विश्व तथा राष्ट्रिय कीर्तिमान राखिसकेको छ ।

एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार