U.S. President Donald Trump meets Qatar's Emir Sheikh Tamim bin Hamad al-Thani in the Oval Office at the White House in Washington, U.S., April 10, 2018. REUTERS/Kevin Lamarque - RC1858AAEB00
वासिङ्टन । कतारका अमिर शेख तमिम बिन हमद अल थानीले अर्को महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने भएका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमै उनले ट्रम्पलाई भेटेर अरबी मुलुकहरुमा भइरहेको तनावका बारेमा छलफल गर्ने भएका हुन् ।
कतारका छिमेकी अरबी मुलुकहरुले झण्डै दुई बर्षदेखि कतारविरुद्ध नाकाबन्दी गर्दै आएका छन् । अमिर थानीले राष्ट्रपति ट्रम्पलाई नाकाबन्दी फिर्ताका लागि पहल गर्न तथा दवाव दिन आग्रह गर्ने भएका छन् ।
अमिरले ट्रम्पलाई वासिङ्टनमा यही जुलाई ९ तारिखका दिन भेट्ने कार्यतालिका रहेको छ । भेटवार्ताका क्रममा उनीहरुले आतङ्कवाद विरुद्धको सहकार्य, क्षेत्रीय राजनीति, सुरक्षालगायतका विषयमा छलफल गर्ने भएका छन् ।