logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

इरानमाथि अमेरिकी साइवर हमला, के होला अब बिश्वमा ?


  • बिबिसी बाट
  • आइतबार, असार ८ २०७६

वाशिङटन । अमेरिकाले इरानको हतियार प्रणालीको विरुद्धमा साइबर हमला शुरु गरेको छ । केही अमेरिकी रिपोर्टमा दाबी गरिएअनुसार हवाइ हमला नगर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय लगत्तै साइबर हमला शुरु गरिएको हो ।

वाशिङटन पोस्टका अनुसार रकेट तथा मिसाइल सिस्टम नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई अमेरिकाले निशाना बनाएको छ । न्यूयोर्क टाइम्सले जनाएअनुसार तेल ट्यांकरमा हमला तथा एक अमेरिकी ड्रोनलाई इरानले खसालेपछि पछिल्लो कदम चालिएको हो ।

यो अमेरिकी साइबर हमला केही हप्ता सम्म जारी रहने जनाइएको छ । यसको उदेश्य इरानको हतियार प्रणालीलाई काम गर्न नसक्ने बनाउनु हो । यसबाहेक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि सोमबार देखि इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने समेत जनाएका छन् । (बीबीसी)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार