राजनीति
सिड्नी-अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित एक घरमा आगलागी हुँदा तीन जना बालबालिकाको डढेर मृत्यु भएको छ । बुधबार ३ः३० बजे सो घटना भएको जनाइएको छ । ११ वर्षीय एक किशोरको शव घरभित्र पाइएको र उनका ५ वर्षीया दुई बहिनीलाई घरबाट बाहिर तानिएको भएपनि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
आगलागी कसरी भयो भन्ने बारेमा खुलिनसकेको अधिकारीहरुले बताएका छन् । छिमेकीहरुले अर्की ८ वर्षीया बालिका र ३१ वर्षीया महिलालाई भने उद्धार गरेका थिए । ती महिलापनि आगलागीबाट घाइते भएकी छन् । छिमेकीहरुका अनुसार सो घरमा ६ जना मानिस बस्दै आएका थिए ।
(बीबीसी)