logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

सेनाको हेलिकप्टर वेपत्ता, उडेको केहि बेरमा सम्पर्क बिहिन


  • एजेन्सी
  • शनिबार, असार १४ २०७६

जाकार्ता । इन्डोनेसियाको एउटा सैनिक हेलिकोप्टर शुक्रबार सम्पर्कविहीन भएको छ ।

उडेको केहीबेरमै १२ यात्रु बोकेको हेलिकोप्टर एयर ट्राफिक कन्ट्रोल रुमबाट सम्पर्कविहीन भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

सम्पर्कविहीन भएको हेलिकोप्टर पपुवाको ओक्सिबिलबाट सुदुरपश्चिम प्रान्त सेन्तानीतर्फ उठेको थियो ।

हेलिकोप्टरमा भएका सबै जना सैन्य दलका सदस्य रहेको पपुवाका सैनिक प्रवक्ता मोहम्मद एैडीले जानकारी दिए । उनका अनुसार हेलिकोप्टरमा बन्दोबस्तीका सामग्रीहरु पनि थिए ।

स्थानीय समय अनुसार शुक्रबार विहान ११.४४ मा हेलिकोप्टर उडेको थियो भने साढे एक घण्टामा सेन्तानीमा अवतरण गर्ने अपेक्षा गरिएको थियो ।

हेलिकोप्टर उडेको समयमा त्यस क्षेत्रमा मौसममा पनि कुनै खराबी नदेखिएको अधिकारीहरूले बताएका छन् ।

घटनास्थलतर्फ खोजी तथा उद्धारका लागि टोली खटाइएको र घटनास्थल कठिन पहाडी क्षेत्र भएकाले खोजी तथा उद्धारका लागि पनि गाह्रो भएको जनाइएको छ । एएफपी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार