आइतबार बिहान अमेरिकाको टेक्सासमा एउटा सानो विमान दुर्घटनाग्रस्त भएको छ । एडिसन एयरपोर्टबाट उडान भरिरहेको विमानले अनियन्त्रित भएर ह्यांगरमा प्रवेश गर्दा आगलागी भैइ दुर्घटनामा १० जनाको हताहत भएको छ ।
एडिशन शहरकी प्रवक्ता मेरी रोसेनलेथका अनुसार यो दुई इन्जिन भएको बीई–३५० किंग एयर विमान एडिसन एयरपोर्टमा विमान ९ बजे दुर्घटनाको शिकार भएको तियो ।
फेडेरल एभियशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार उडान भर्ने बेला नै विमान ह्यांगरसँग ठोक्किएको थियो । त्यसलगत्तै विमानमा आगो लाग्यो । स्थितीलाई नियन्त्रणमा ल्याउन धेरै समय लाग्यो जसमा विमान भित्रका सबै १० जनाको ज्यान गयो ।