logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चिनियाँ कम्युनिस्ट पार्टीका मेम्बर संख्या १० करोड


  • एजेन्सी
  • बुधबार, असार १८ २०७६

बेइजिङ, असार १५ । चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या ९ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ । पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ ।

सन् २०१७ को तुलनामा पार्टीका सदस्यमा १० लाखले वृद्धि भएको छ । सन् २०१८ मा चिनियाँ कम्युनिष्ट पार्टीमा २० लाख नयाँ सदस्य थप गरिएको पार्टीले जनाएको छ जुन अघिल्लो वर्षभन्दा ३९ हजारले बढी हो ।

पार्टीका सदस्यमा नियुक्त गरिएकाहरुमा करिब ४५ प्रतिशत नयाँ सदस्यले उच्च अध्ययन गरेका छन् भने ८० प्रतिशतभन्दा बढी सदस्यहरु ३५ वर्ष वा सोभन्दा कम उमेरका रहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार